पूर्वी चितवनको खैरहनी नगरपालिका ८ पर्सा बजारमा अवस्थित यमाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टस्  यही फागुन १० गते २६ औँ बर्षमा प्रवेश गर्दैछ।

बि.स. २०५२/११/१० मा स्थापना भई २०६०/११/१० बाट यामाहा कम्पनीको पूर्वी चितवनका लागि आधिकारिक बिक्रेता रहि कालिकाले यामाहाका मोटरसाइकल तथा स्कुटरको  बिक्रि गर्दै आएको छ । पार्टसले टाँडी र भण्डारा शाखाबाट पनि सेल्स, स्पेयर पार्टस, सर्भिस र फाइनान्स सुविधा दिदै आइरहेको छ । 

ग्राहकलाइ थप सुविधा प्रदान गर्दै पार्टसले रत्ननगर नगरपालिका १६, कालिका नगरपालिका ७ र ५ मा  ए.एस.पी मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

आ.व. ०७५/०७६ मा ‘गोल्डेन डिलर अफ द इयर’ बाट सम्मानित भएको पार्टसले आफ्नो २० औँ बर्षको उपलक्ष्यमा कालिका यामाहा कोष स्थापना गरेको थियो । जसले गरिब,जेहेन्दार तथा पिछडिएका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन छात्रवृत्ति दिने काम गर्दथ्यो। कोष स्थापना भएदेखि अहिलेसम्म १५ लाख भन्दा माथि रकम जम्मा गरिसकेको पार्टसका प्रबन्ध निर्देशक तथा कोषका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो ।

यामाहा कोषमा हालसम्म एक मोटरसाइकल वा स्कुटरको बिक्रीबाट रु.२०० छुट्टाउदै आइरहेको थियो। कोषको स्तर उन्नतिका निम्ति २६ औँ बर्ष प्रवेशको उपलक्ष्यमा रु.५०० छुट्टाउने पनि अधिकारीले बताउनुभयो ।

हालसम्म १८ जना विद्यार्थीहरुको लागि अभिभावकत्व ग्रहण गरिसकेको यमाहा कोषले यसै फागुन महिनामा थप १६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तयारी भई रहेको उहाँले जानकारी दिनुभयो।

कोषले अनाथ, असहाय, विपन्न वर्गको विद्यार्थीहरुको छात्रवृत्ति मात्र नभई विभिन्न समयमा विभिन्न विद्यालयमा शैक्षिक सामाग्री,पोसाक, साइकल जस्ता सामाग्रीहरु वितरण गर्दै पनि आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर