पर्सा खैरहनी जेसिज र पर्सा खैरहनी जुनियर जेसिजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। फागुन ९ गते एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रखर वक्ता जीवन परियार हुनुहुन्थ्यो। त्यस्तैगरि विशिष्ट अतिथिमा पर्सा खैरहनी जेसिज बर्ष २००६ का अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष गुणराज श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति जीत नारायण श्रेष्ठ, समाजसेवी राजेन्द्र बुर्लाकोटी, राज कुमार सिलवाल लगायत अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो।

कार्यक्रममा चेन हस्तान्तरण,मायाको चिनो प्रदान, अवार्ड वितरण लगायत अन्य क्रियाकलापहरु भएको पर्सा खैरहनी जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष कृशार पाठकले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर