पुर्वी चितवनको राप्ती नगरपालिका ६ लौगाईमा श्री लौगाई I.P.M. कृषक पाठशालाको उद्घाटन भएको छ। पाठशालाको उद्घाटन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले गर्नुभएको छ।

आज फागुन १० गतेबाट तीन महिना सम्म तालिम सञ्चालन हुनेछ। तालिममा २९ जना कृषकहरुको सहभागिता रहनेछ भने विभिन्न मलहरुको ट्रायल पनि हुनेछ।

तालिम विशेषगरी बढ्दो विषादी न्युनीकरणको बारेमा हुने राप्ती नगर I.P.M. कृषक समितिका अध्यक्ष धर्मराज कँडेलले जनाउनु भएको छ। कार्यक्रमको आयोजना राप्ती नगरपालिका कृषि शाखाले गरेको हो भने समन्वय राप्ती नगर I.P.M. कृषक समितिले गरेको छ।कार्यक्रमको सहजीकरण धर्मराज कँडेल र एम.के. चौधरीले गर्नु हुनेछ।

आज भएको उद्घाटन कार्यक्रमको सभाध्यक्षको भुमिकामा पाठशालाको अध्यक्ष उषा चौधरी हुनुहुन्थ्यो। त्यस्तै गरि प्रमुख अतिथि प्रभा बराल, अतिथिहरुमा  धर्मराज कँडेल,बिमल पाठक तथा लोकराज सिलवाल हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार