नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्।

चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई बुधबार सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए। 

भरतपुरस्थित केन्द्रीय बस ट्रमिनलमा विरोध सभा आयो जना गरिएको थियो तर अदालतको फैसलासँगै विरोध सभा विजय जुलुसमा परिवर्तन भएको थियो।

अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको साथै नेपालमा अझै न्याय मरेको छैन भन्ने कुरा प्रमाणित भएको उनले बताए। 

नेता पाण्डेले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एक ठाउँमा आउन आह्वान गरे।

प्रधानमन्त्री ओलीले कथा, अन्टसन्ट जाली कुरा गरेर देश चलाउन खोजेको टिप्पणी गरे।

केहीदिन अघि प्रधानमन्त्रीले आमसभामा चितवनको संसदले चितवनको हितको लागि केही नगरेको बताएका थिए।  त्यसको प्रतिवाद गर्दै पाण्डेले माडीमा राम मन्दिर बनाउन सबैले सहयोग गर्ने र पुरोहित प्रधानमन्त्री ओलीलाई राखिदिने पनि जिकिर गरे।

माधव कुमार नेपाल र पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सभाको सम्बोधन गरिने तय भएता पनि अन्तिम समयमा उनीहरु काठमाडौं गएका थिए र सभाको सम्बोधन पाण्डेले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर