
फागुन १३, काठमाडौं । हाल निकै चर्चामा रहेकी गायीका रचना रिमलको सुमधुर आवाजमा गीत “नजर को गुलेली “ सार्वजनिक भएको छ ।
म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ । यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने, संगीत बिराट कडरिया तथा एरेन्ज पुरुशोत्तम सुबेदी ले गर्नु भएको छ ।

यस गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बुको जिवन्त अभिनय रहेको छ भने, यस म्युजिक भिडिओ लाई निर्देशन जिवन बुढाथोकी गर्नु भएको छ । सम्पादन तथा छायांकन सुभाश लिम्बु गर्नु भएको छ । उक्त म्युजिक भिडियो गाउँले परीवेशमा आधरित रहेर निर्माण गरिएको छ । मन छुने कथामा आधरित यस गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बु यस गीत मार्फत प्रेम जोडीको रुपमा देखा परेका छन । निर्माण पक्षले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास लिएको छ।
यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको ‘लाइदेउ माया’ ‘लगन जुरेर’ ‘तिम्रो दिलको’ जस्ता गीत एक पछी अर्को गर्दै गीतहरु सार्वजनिक भाईसकेका छ ।