पुर्वी चितवनको खैरहनी नगरपालिका ८ पर्सा बजारमा अवस्थित कालिका मोटरसाइकल पार्टसद्वारा अभिभावकत्व ग्रहण गरिएको छ। दिव्यज्योती आधारभूत विद्यालय, हर्नरीमा अध्ययनरत छ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरिनुका साथै शैक्षिक सामग्रीहरु कापी,सिसाकलम,इरेजर,शार्पनर,ब्याग तथा जुत्ता मोजा लगायत पोसाक वितरण गरिएको छ।

आजको आधारभूत विद्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि खैरहनी नगरपालिका शिक्षा शाखा अधिकृत राजु बानियाँ हुनुहुन्थ्यो। त्यस्तैगरि विशिष्ट अतिथिमा खैरहनी नगरपालिका १२ कि वडा अध्यक्ष टीका देवी दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकल बहादुर बोगटी, प्रधानाध्यापक राम बहादुर बोगटी,खैरहनी चेम्बर्स अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कुमार खनाल हुनुहुन्थ्यो।

अतिथिमा MAW इन्टरप्राइजेजका एरिया सेल्स म्यानेजर सुवास मैनाली,शिक्षक अभिभावक संघकी अध्यक्ष सरस्वती बर्तौला, श्री खैरहनी मा.वि. जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषका प्रमुख तथा सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेल,अन्तोदय जनजाति आवासीय माविका पूर्व प्रअ घनश्याम प्रधान, कालिका मोटरसाइकल पार्टसका शाखा प्रबन्धक रामचन्द्र कोइराला,उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका सदस्य अनिल कुँवर,चितवन पोष्ट दैनिकका संम्बाददाता होमनाथ सापकोटा, सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटी तथा पत्रकारहरु बिपीन शर्मा आचार्य, ध्रुवराज लामिछाने हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरु मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका शिक्षक बुद्धि प्रसाद दुवाडीले राख्नुभएको थियो।
कालिका मोटरसाइकल पार्टसद्वारा स्थापित कालिका यमाहा कोषमा संकलित रकमबाट अभिभावकत्व ग्रहण गरिएको विद्यार्थीहरुको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने कार्यक्रमको सभाध्यक्ष,पार्टसका प्रबन्ध निर्देशक तथा कोषका अध्यक्ष उत्तम अधिकारीले कार्यक्रममा बोल्दै जानकारी गराउनुभयो।
कोषमा प्रत्येक मोटरसाइकल तथा स्कुटरको बिक्रिमा रु २०० छुट्याउदै आएको र यही फागुन १० गते पार्टसको २६ अौँ बार्षिकोत्सवको अवसरबाट रु ५०० जम्मा गरिने पनि उहाँले बताउनुभयो। उहाँले अन्य संघसंस्थाले पनि थोरै भएपनि यसरी नै सहयोग गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार