नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ पन्चासेमा भव्य शिव मन्दिर बन्ने भएको छ । उक्त मन्दिरको नाम ‘आरूकोटे शिव’ मन्दिर राखिएको छ । उक्त मन्दिर शिवरात्रीको अवसर पारी भक्त जनको लागि खुल्ला गरिदै छ ।

नगरपालिकाको सहयोगमा र गाउँलेहरूको पहलमा मन्दिर बन्न लागेको हो । नगरपालिकाबाट रू २ लाख रकम सहयोग र गाँउलेहरूको सहयोगमा मन्दिर निर्माण हुन लागेको हो ।

उक्त मन्दिर निर्माणका लागि लगभग ९ लाख भन्दा बढि खर्च अनुमान गरिएको छ । मन्दिरका लागि रू ५ हजार भन्दा बढी सहयोग गर्नेहरूको नाम शिलालेखमा राखिने उक्त मन्दिरका निर्माण कमिटीका सदस्य रामसरन सुवेदी ले जानकारी दिनु भयो ।

उक्त मन्दिर बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमन खनालले अघिल्लो शिवरात्रीका अवसरमा फागुन ९ गतेका दिन शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार