भण्डारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही फागुन १५ गते साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यव्रक्रममा बागमती प्रदेश भुमि व्यवस्था सहकारी तथा कृषि मन्त्री दावा दोर्जे लामा हुनुहुन्थ्यो । त्यस्तैगरि विशिष्ट अतिथिमा राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बराल र नगर उप प्रमुख इमान सिंह लामा हुनुहुन्थ्यो ।

अतिथिहरुमा राप्ती नगरपालिका वडा नम्बर ५ की वडा अध्यक्ष मेनुका पाठक,वडा सदस्यहरु विश्व कुमार थपलिया,खिलकान्त रुवाली, गोमा धरेल, विन्दा मिजार हुनुहुन्थ्यो ।

त्यस्तै अन्य अतिथिहरुमा राजेन्द्र मैनाली,संस्थाका पूर्व अध्यक्ष फणिन्द्र पाठक,शिखर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सिताराम बल,यसै वनका उपाध्यक्ष उद्ववराज धरेल, यश संस्थाका पूर्व अध्यक्ष बालकृष्ण लोहनी,छेथार मेण्डुलिङ गुम्बाका अध्यक्ष सिंह बहादुर गोले,भण्डारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था भवानीपुरका अध्यक्ष चन्द्र बहादुर लामा, समाजसेवी बुद्धिराज पाठक,समाजसेवी इन्द्रमणी सेढाईँ,लालीगुराँस युवा क्लबका अध्यक्ष सुर्य तामाङ तथा सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटी हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य यसै संस्थाकि सदस्य गीता मिजारले गर्नुभएको थियो भने सभापतिको भुमिकामा संस्थाका अध्यक्ष एकराज खरेल हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने वार्षिक प्रगति प्रतिवेदन,आगामी कार्यक्रम तथा आर्थिक प्रतिवेदन संस्थाकि सचिव तथा कोषाध्यक्ष निलिमा गोम्बोले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार