पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित शिवपुरी क्लबको खेलमैदानमा जारी प्रथम राप्ती नगरपालिका कप २०७७ मा राप्ती १ विजयी भएको छ। आज भएको राप्ती १ र राप्ती ७ बीचको खेलमा राप्ती १ ले २-० को अन्तरले खेल जितेको हो।

पहिलो हाफमा गोल रहित बराबरी खेलेता पनि दोस्रो हाफको ४५ अौँ र ५४ अौँ मिनटमा राप्ती १ ले गोल गर्न सफल भएको थियो।

खेलमा राप्ती १ का खेलाडी सुजन तामाङ म्यान अफ द म्याच घोषित भए। भोलि राप्ती १० र राप्ती ११ बिच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार