पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित शिवपुरी क्लबको खेलमैदानमा जारी प्रथम राप्ती नगरपालिका कप २०७७ मा राप्ती १० विजयी भएको छ। आज भएको राप्ती १० र राप्ती ११ बीचको खेलमा राप्ती १ ले १-० को अन्तरले खेल जितेको हो।

पहिलो हाफमा दुवै टीमले गोल रहित बराबरी खेलेता पनि दोस्रो हाफको ४९ अौँ  मिनटमा राप्ती १० ले गोल गर्न सफल भएको थियो।

खेलमा विजय टीमका कप्तान सुनिल प्रजा म्यान अफ द म्याच घोषित भए। भोलि राप्ती ५ र राप्ती ९ बिच खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार