सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानबाट औपचारिक वार्ता भएको थियो । वार्तापश्चात सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिए ।

उनले ट्वीटमार्फत , ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’ उनले ट्विटरमा लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार