
पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित जे.एम.टी ग्रुपद्वारा आयोजित शिवपुरी क्लबको खेलमैदानमा जारी प्रथम राप्ती नगरपालिका कप २०७७ मा राप्ती ६ विजयी भएको छ। आज भएको राप्ती ६ र राप्ती ३ बीचको खेलमा राप्ती ६ ले २-१ को अन्तरले खेल जितेको हो।
पहिलो हाफमा राप्ती ६ ले गोल हानेको थियो भने सेकेन्ड हाफमा थप १ गोल गर्न सफल भएको थियो।
खेलमा २ गोल गरि उत्कृष्ट प्रदर्शन गरेका विजय टीमका खेलाडी आशिष चौधरी म्यान अफ द म्याच घोषित भए। भोलि राप्ती १२ र राप्ती ४ बिच खेल हुनेछ।