पूर्वी चितवन राप्ती नगरपालिका ७ को मगर समाज हलमा नेकपा (ओली समूह) राप्ती नगर कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा थुप्रै ओली समुहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। यसै उपस्थितिमा एक महिला नेतृ हुनुहुन्थ्यो जो विगत लामो समय देखि पार्टी जिल्ला कमिटी र क्षेत्र नम्बर १ को महिला इन्चार्ज भएर जिम्मेवारी निभाउदै आउनु भएको थियो। उहाँ हुनुहुन्थ्यो माधव नेतृत्व की निकट नेतृ पुस्पा कुँवर।

उहाँ राप्ती नगरपालिका जनप्रतिनिधि, राप्ती नगर कार्यपालिका सदस्य हुनुहुन्छ। मेलमिलाप तथा विकासका परियोजनाहरुमा उहाँको उपस्थिति जहिल्यै हुने गर्छ। केही महिना पारिवारिक सदस्यको र आफ्नै स्वास्थ अवस्थाले हस्पिटलको बसाइ बस्दै आउनु भएको उहाँ अहिलेको राजनैतिक चहलपहलको स्थितिमा पनि तटस्थ हुनुहुन्थ्यो।

पुस ५ गते सम्माननीय प्रधानमन्त्री केपी वलीद्वारा प्रतिनिधि सभा विघटन भयो। न कुनै माधव- प्रचण्डको विरोध कार्यक्रममा उहाँलाई देख्न सकियो न त कुनै ओलीको आमसभामा नै। ओली समूह र माधव- प्रचण्ड समुहको एक अर्काको नेतृत्वमाथि दोष र कटाक्ष झटारो प्रहार गर्दै आउदा उहाँ तटस्थ नै हुनुहुन्थ्यो। तर हाल उहाँले अहिले केपी ओली समुहमा प्रवेश गर्नुभएको छ।

“म विगत लामो समय सम्म पार्टी जिल्ला कमिटी र क्षेत्र न.१ को महिला इन्चार्ज भएर जिम्मेवारी निभाउदै आएको माधव नेतृत्वको मान्छे।सुरेन्द्र पाण्डेसँगको निकटता त अझै छदै छ। अहिलेको राजनीति अवस्थामा केही समय तटस्थ भएर बसेको थिएँ।हाल आएर के पि नेतृत्वमा प्रवेश गरेको छु।प्रचण्डलाई नेता मानिरहेर त्यो समुहमा बस्न सकिनँ।” सजिलोपाटीसँग कुरा गर्दै उहाँले भन्नुभयो।

“तर म सुरेन्द्र कमरेड प्रति प्रभावित छु त्यसैले म मात्रै प्रवेश गर्न सक्दिन। म मलाई विश्वास गर्ने मेरा पार्टीका साथीहरूलाई विभिन्न ठाँउमा जिम्मेवारी दिएर मात्रै प्रवेश गरेको हुँ। अझै थुप्रै कमरेड साथीहरुलाई जिम्मेवारी व्यवस्थापन गर्नु छ।” उहाँले भन्नुभयो।

“भोलिका दिनमा सबै आम कार्यकर्ता,नेता यही मुलधारमा एक हुनु बाहेक अन्य कुनै विकल्प छैन।” उहाँले थप्नुभयो।

सम्माननीय प्रधानमन्त्री केपी नेतृत्वको नेकपा प्रदेश कमिटीमा उहाँको नाम पार्टीले प्रस्तावित गरेको छ। पार्टी एउटा सिद्धान्त भएको र जनताको हितको लागि सधैँ अघि बढ्ने कुरा पनि उहाँले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार