
नेपाल कम्युनिस्ट पार्टी (ओली समुह) राप्ती नगर कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यही फागुन १९ गते राप्ती नगरपालिका ७ स्थित मगर समाजको सभाहलमा सम्पन्न भएको हो।
नगर संयोजक पुर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ४ सय ५१ सदस्यीय नगर कमिटी गठन गरिएको थियो ।
कार्यक्रममा कमिटीका सचिव राजकुमार कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैगरी कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हरि सापकोटा, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल, दावा लामा, प्रदेश कमिटी सचिवालय सदस्य ईमानसिंंह लामा, चितवन जिल्ला अध्यक्ष पार्वती रावल, सचीव प्रकाश खनाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।