चितवन/सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

यसका साथै प्रतिबन्ध फुकुवा निर्णय भएसँगै गृह मन्त्रालयले नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ।

गृह मन्त्रालयको सर्कुलरसँगै जिल्ला प्रहरी कार्यालय चितवनले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउने भएको छ। वीरजंग चितवन कारागारमा रहेका छन्। उनीलाई उपचारको लागि चितवन राखिएको तर मुद्दा भने नवपरासीमा रहेको प्रहरीले जनाएको छ। प्रहरीलाई हातपात गरेको आरोपमा उनी पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार