नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताए । संसद विघटन पछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन्। माधव-प्रचण्डको सांसदहरुलाई पनि एसएमएस मार्फत नै बोलाइएको छ।

“माननीय सांसदहरु, २२ गते ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिको लागि अनुरोध छ।” एसएमएसमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार