
रोट्र्याक्ट क्लब अफ रत्ननगरले हेल्थ क्याम्प आयोजना गर्ने भएको छ। कार्यक्रम यही फागुन २२ गते राप्ती नगरपालिका ११ स्थित थाकलटार माविमा हुने भएको हो।
हेल्थ क्याम्प विशेष गरि महिलाहरुलाई लागि मात्र हुनेछ। २ बर्ष अगाडि मेन्सुरेसन हाइजिनको बारेमा कक्षा लिइएको फ्लो अपको रुपमा यसलाई लिइएको छ।
हेल्थ क्याम्पमा दुई जना महिला तथा स्त्री प्रसुती विशेषज्ञहरु रहने व्यहोरा कार्यक्रम संयोजक निर्मल उप्रेतीले बताउनु भयो।
कार्यक्रममा थाकलटार माविका छात्रा विद्यार्थीहरु मेन्सुरेसन हाइजिन सम्बन्धि कक्षा पनि रहनेछ भने हेल्थ क्याम्प सम्पूर्ण स्थानिय महिलाहरुको निशुल्क स्वास्थ चेकजाँच हुनेछ। जटिल रोग भएका केही महिलाहरुलाई भरतपुर अस्पतालमा निशुल्क उपचार समेत गराइने संयोजक उप्रेतीले जानकारी दिनुभयो।
कार्यक्रममा १ बर्षलाई पुग्ने बराबरको सेनेटरी प्याड पनि विद्यालयलाई वितरण गरिनेछ। साथै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि गर्दै जाने आयोजक समितिले जनाएको छ।
कार्यक्रम अवधिभर नेपाल रेडक्रस भण्डारा उपशाखाले एम्बुलेन्स सहयोग गर्ने भएको छ।