
पुर्वी चितवनको राप्ती नगरपालिका २ निवासी दिवाकर बर्तौलाको किराना तथा फलफुल पसलमा आगलागी भयो र सबै चिज नष्ट भयो। केही महिना अघि मात्र आफ्नो बाबू गुमाएका बर्तौलाले फेरि अर्को बज्रपात सहनुपर्यो।
उनीलाई केही सहयोग गर्नुपर्छ भनी समिति गठन गरियो र काम पनि सुरु भयो। देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहँदा राप्ती जेसिजले पनि आफ्नो सामाजिक दायित्व पूरा गरेको छ।
जेसिजले एघार हजार एक सय एघार रुपैँया सहयोग गरेको छ। सहयोग समितिका सचिव सञ्चारकर्मी गोपाल विश्वकर्मा र युवा समाजसेवी निर्देशन त्रिपाठीको पहलमा सहयोग कार्य सम्पन्न भएको राप्ती जेसिजका अध्यक्ष दिनेश सेढाईले बताउनुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा राप्ती जेसिजका अध्यक्ष सेढाई, महासचिव बिबेक गैरे,निर्देशक श्रीकृष्ण गौतम,कानुनी सल्लाहकार बिंदु सिंजाली, कार्यकारिणी उपाध्यक्ष सुजन थापा, उपाध्यक्ष शान्ती सापकोटा लगायत पत्रकार तथा अग्रज व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
यस्तो विपदमा सम्पूर्ण संघसंस्था तथा महानुभावहरुले आफूले सक्दो सहयोग गर्नुपर्ने अध्यक्ष सेढाईले बताउनुभयो।