एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले दिने इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने भएको छ ।

उनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

मार्च ८ मा भर्चुअल माध्यमबाट अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने राजदूतावासले जनाएको छ ।

खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन् । यो अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन् भने अवार्ड पाउनेमध्ये उनी विश्वकै सबैन्दा कान्छी व्यक्ति पनि बनेकी छिन् ।

१५ वर्षीया खातुनले एसिड आक्रमण अन्त्यका लागि गरेका कामका लागि उनलाई यो अवार्ड दिइने दूतावासले जनाएको छ ।

वि.सं. २०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो। खातुनले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर