प्रधानमन्त्री केपी शर्मा ओलीले अब हिंसात्मक द्वन्द्व नरहेको बताएका छन् । आज शुक्रबार आयोजित सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर समारोहमा उनले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

उनले कार्यक्रममा बोल्दै जनताले खोजेको शान्तिको आकांक्षा पूरा भएको पनि बताएका छन्।

उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद तथा शुभकामना पनि दिएका छन् । विप्लवको शान्तिपूर्ण राजनिती साहसिक भएको पनि उनले बताएका छन्।

“हिसांत्मक कार्यदिशाको अवलम्बन कसैले नि गरेको छैन। नेपालमा शान्ति छ।” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर