गुल्मी, रेसुङ्गा नगरपालिका-३ बस्ने सम्झना बोहरा खत्रीको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने लाल बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ३० गतेदेखि सम्झना हराएकी भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन १७ गते स्थानीयले शवको गन्ध आएको भन्ने खबर दिएपछि घरदेखि अन्दाजी ५५ मिटर टाढा उनको शव फेला पारेको थियो । लाल बहादुर खत्री उपर जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  #स्रोत:Nepal Police

प्रतिक्रिया

सम्बन्धित खवर