भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि एक सय शैया आइसोलेसन थप गरेको छ ।

यस अघि ७५ शैया सञ्चालनमा रहेकोमा जिल्लामा कोरोना संक्रमितको संख्या थपिदैँ गएपछि एक सय बेड थप गरिएको हो ।

कोरोना संक्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शैया विस्तार गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले बताए ।

उनका अनुसार थप भएका आइसोलेसन शैयामा साधरण संक्रमितका लागि ३५, संक्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शंकास्पद देखिएकालाई ३५ बेड विस्तार गरिएको छ ।

यस्तै आकस्मिक कक्ष (आइसीयु) मा थप ६ बेड आइसोलेसन गरिनेछ । यसअघि आइसोलेसनमा १० शैया राखिएको थियो । स्टाफ तथा कर्मचारीलाई निर्माणाधिन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइएको छ । यसमा ४८ बेड हुनेछ । अभजरवेसन वार्डमा शंकास्पद बिरामीलाई, सर्जिकल वार्डमा संक्रमण पुष्टी भएकालाई छुट्टै आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार