काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना बालक पक्राउ परेका छन् ।

रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ११०४ नम्बरको बस नागढुंगामा चेकजाँच गर्ने क्रममा १३ वर्षीय बालक लागूऔषधसहित शुक्रबार पक्राउ परेका हुन् ।

उनले बोकेको झोलामा ७ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनरगन र ६ सय एम्पुल नुफिन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर