राप्ती ,फाल्गुन २२/ पुर्बी चितवनको राप्ती नगरपालिका भण्डारा बजारबाट प्रसारित छोटो समयमै बहुचर्चित राप्ती एफएम ९०.५ मेगाहर्ज र पूर्वी चितवनको पहिलो पत्रिका न्युज टाइम्स साप्ताहिकको संयुक्त आयोजनामा राप्ती नगरपालिका वडा नम्बर १३ मा ग्रामीण क्षेत्रमा मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति माझ रेडियो अत्यन्तै लोकप्रिय रहेको र हरेक रेडियोका कार्यक्रमहरुमा ग्रामीण भेगका श्रोताहरुको अत्याधिक सहभागितालाई मध्य नजर गर्दै चितवनको विकट बस्ती राप्ती नगरपालिका वडा नम्बर १२ र १३ का आम श्रोताहरुसङ अन्तरक्रिया कार्यक्रम गरिएको थियो । राप्ती १३ को दुर्बाङमा शुक्रबार गरिएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व राप्ती एफएम ९०.५ का संचालक सदस्य सन्देश घलानले गर्नु भएको थियो । राप्ती १३ का वडा अध्यक्ष सुर्य बहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा न्युज टाइम्स साप्ताहिक पत्रिकाका संचालक रमेश पाण्डे ,राप्ती एफएमका संचालक सदस्य गोपाल बिश्वकर्मा,सन्चारकर्मी राज प्रणय, राप्ती १३ का वडा सचिव नवीन कुमार प्रजापती आदिको उपस्तिथि रहेको थियो । सयौं श्रोताहरुको उपस्तिथि रहेको अन्तरक्रिया कार्यक्रममा धेरैले रेडियो प्रतिको लगाब र मोह अनि रेडियोले खेलिदिनु पर्ने भुमिकाको बिषयमा स्पष्ट धारणा राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजाले यस्तो विकट बस्तिमा मिडिया आएर तपाईहरु संगै हामी पनि छौ भन्ने भान गराइदिएकोमा आयोजक मिडियाहरुलाइ धन्यवाद दिदै स्वास्थ, शिक्षा ,खानेपानी ,बाटो आदिको समस्या रहेको ठाउँमा मिडियाले सम्बधित व्यक्तिहरुलाई घच्घचाइदिएर टेवा पुर्याइदिन आग्रह गरे ।
संचारको पहुचमा नेपाल अगाडि बढे पनि बिजुली र नेटवर्कको समस्या भएकोले राप्ती १२ र १३ लाई कागलाइ बेल पाक्यो हर्ष न बिस्मात जस्तो भएको बताउदै रेडियो नै प्यारो भएको बताए । यस भेगलाइ पनि समेटेर सुचना ,संगित, मनोरञ्जन र अन्य कार्यक्रमहरुमा धर्म, रितिरिवाज र भाषाभाषीलाई पनि स्थान दिन आग्रह गर्नु भयो ।एफएम आफ्ना विज्ञापनदाता र सम्पुर्ण श्रोताहरुसङ प्रत्यक्ष घुलमिल हुने र यस्ता कार्यक्रम विभिन्न ठाउमा बेलाबेलामा आयोनना गरिने कुरा राख्दै यहाको जिवनस्थर ,भाषाभाषी ,रितिरिवाजलाइ पनि स्थान दिने भन्दै अधिकांश चेपाङको बाहुल्यता रहेको त्यस ठाउँलाइ आधार बनाइ लगतै एफएमबाट चेपाङ भाषाको कार्यक्रम प्रसारण गरिने कार्यक्रमका सभापती तथा राप्ती एफएमका संचालक सदस्य सन्देश घलानले बताउनु भयो । कार्यक्रमको आयोजक मध्यको अर्का न्युज टाइम्स साप्ताहिक पत्रिकाका संचालक रमेश पाण्डेले कार्यक्रममा बोल्दै पत्रिकाले यहाँको समस्या पहिचान गरि लेख्ने र सम्बन्धित निकायलाइ घचघचाउने काममा अगाडि हुने बताउदै आफ्नो र पत्रिकाको ध्यान यस्ता विकट बस्तिहरुमा पनि केन्द्रित हुने बताए । रेडियोमा सुनेको आवाजलाई प्रत्यक्ष भेटी समस्या र गुनासो राख्ने आसयले आफुहरु कार्यक्रम स्थलमा बिहानै देखि कुरेर बसेको उपस्तिथि व्यक्तिहरुको भनाइ थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संचारकर्मी तथा राप्ती एफएमका संचालक सदस्य गोपाल बिश्वकर्माले राखेका थिए भने अन्तरक्रियाको सहजीकरण संचारकर्मी राज प्रणयले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार