‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘५ नम्बर प्रदेश समिति’ गठन भएको छ ।

भर्चुअल माध्यम जुममा आयोजित भेलाले विवेक विश्वकर्मा ‘क्षितिज’को संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले अब ५ नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा भेला आयोजना गर्दै अघि बढ्नेछ । भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले नेपाली समाजमा जात व्यवस्था कसरी शुरु भयो भन्ने बताउनुभयो ।

साथै, यसअघिका राजनीतिक पार्टीहरुले नेपाली समाज जात व्यवस्थामा आधारित छ भनेर विश्लेषण गर्नबाट चुकेकोले त्यो क्षेत्रमा कामै हुन नसकेको भन्दै, त्यसले गर्दा जात व्यवस्थाले उत्पन्न गराएको समस्या हल हुन नसकेको उहाँको भनाई थियो । त्यसैले आफुहरुले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल अन्तर्गतको जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अघि बढाएको उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै मोर्चाका बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्माले ठीक राजनीतिक विचारको आधारमा संगठित भएर गरिने आन्दोलनले मात्रै जात व्यवस्थाको अन्त्य गर्न सक्ने बताउनुभयो । जात व्यवस्था अन्त्यका लागि व्यापक रुपमा युवाहरु अघि बढेकोमा आफु उत्साहित भएको बताउँदै, जात व्यवस्थाका कारण हैरान भएका प्रत्येक न्यायप्रेमी युवासम्म मोर्चाले आफ्नो कुरा लिएर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

भेलामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका झापा संयोजक नयन नेयोङ, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल सुदुरपश्चिम प्रदेशका संयोजक ज्ञानेन्द्र विश्वकर्मा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल १ नम्बर प्रदेशका भूपाल साम्पाङ, जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी चितवन सदस्य आश्मा राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार