
रोट्याक्ट क्लब अफ रत्ननगरको आयोजनामा राप्ती नगरपालिका वडा नं. ११, थाकलटार स्थित श्री थाकलटार माध्यमिक विद्यालयको प्रागंणमा “Free Health Camp and Awareness Class on Menstruation Hygiene” कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
उक्त क्याम्पमा गाइनोलोजिष्ट डाक्टर ज्योति पाण्डे र डाक्टर एलिसा गौतम लगायत ७ जनाको टोलीबाट स्थानिय बासिन्दा एंव विद्यालयका विद्यार्थीहरु गरी १२५ जना भन्दा बढि महिलाहरुको निशुल्क उपचार तथा निशुल्क औषधी प्रदान गरिएको थियो ।
त्यसैगरि विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि Menstruation Hygiene सम्बन्धी गरिएको जनचेतना कार्यक्रममा त्यस विद्यालयका छात्राहरुलाई २०० पीस सेनिटरी प्याड पनि प्रदान गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथि रोटरीयन डा. विजयराज न्यौपानेले आफु २१ वर्षदेखी रोटरीमा लागेको र उक्त क्लबले जन्माएको रोट्याक्ट क्लबले आयोजना गरेको क्याम्पबाट आफु खुसी भएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष रोटरीयन शिवराज उप्रेतीले रोट्याक्ट क्लब अफ रत्ननगरले थाकलटार जस्तो विकट क्षेत्रमा आएर निशुल्क स्वास्थ्य शिविर गरेर आफ्नो तथा सम्पुर्ण रोटरीको उचाई बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
रोट्याक्ट क्लब अफ रत्ननगरका अध्यक्ष तथा कार्यक्रमका सभापति रोट्याक्टर रोशन पौडेलले बिगत १९ वर्षदेखी “Fellowship Through Service” भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढेको क्लबले विभिन्न सामाजिक काम गर्दै आएको र आफ्नो सिग्नेचर प्रोजेक्टको रुपमा रहेको यस क्याम्पबाट स्थानिय बासिन्दा तथा विद्यालयका विद्यार्थीहरु लाभान्वित हुने र आगामी दिनमा यस्तै खाले प्रोजेक्ट गरेर क्लबले समाज प्रति आफ्नो नेतृत्वदायी भुमिका निर्वाह गर्नेमा विश्वास दिलाउनुभयो ।
उहाँले क्याम्पलाई सफल पार्न मद्दत गर्नुहुने सम्पुर्ण डाक्टर, नर्स, बिद्यालय, स्थानीय बासिन्दा, सहयोग गनुहुने व्यक्ति संघसंस्था तथा रोट्याक्टर साथीहरुलाई धन्यवाद दिनुभयो । ५ घण्टासम्म चलेको क्याम्पको संयोजक रोट्याक्ट क्लब अफ रत्ननगरका प्रथम उपाध्यक्ष रोट्याक्टर निर्मल उप्रेती तथा कम्युनिटी सर्भिस डाइरेक्टर रोट्याक्टर अमोन लामाले गर्नुभएको थियो ।