
चितवन । ड्रिम टिम नेपालको आयोजनामा माडी –९ राईडाँडामा स्वास्थ्य अभियान कार्यक्रम सम्पन्न भएको छ ।
ड्रिम टिम नेपालद्वारा चितवनको माडी नगरपालिका वडा -९ मा विपन्न वस्तिका महिलाहरूलाइ स्वास्थ सचेतनाका साथसाथै निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ ।
महिला स्वास्थ अभियानका लागि ड्रिम टिम नेपाल ग्रुपले देशभरि नै सामाजिक कार्यहरू गर्दै आइरहेको छ । यसै कार्य अन्तरगत उनिहरूले पहिलो यात्रा चितवनको माडी नगरपालिका वडा -९ मा विपन्न वस्तिका महिलाहरूलाइ स्वास्थ सचेतनाका साथसाथै नि : शुल्क सेनिटरी प्याड वितरण गरेका हुन ।
“युवा परिवर्तित राष्ट्रको परिवर्तित सोच” भन्ने नारा सहित स्थापन भएको सो संस्थाले राई डाँडाका १०० भन्दा बढी महिलाहरुलाई एकवर्षलाई पुग्ने निःशुल्क स्यानिटरी प्याड बितरण गरेको हो । आगामी दिनहरुमा विपन्न वर्गहरुलाई लक्षित गरी स्वस्थ्य, शिक्षा लगायतका कार्यक्रमलाई निरन्तरता दिँदै जाने कार्यक्रम संयोजक सालिकराम पोख्रेलले बताउनुभयो । नर्सहरुको टिम लिएर गएको संस्थाले महिलाहरुले महिनावारी हुँदा भोग्नु पर्ने समस्या, प्याडको प्रयोग लगायतका विषयमा जानकारी गराइएको थियो ।
ड्रिम्स नेपालका संयोजक मधुसुदन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा जनप्रतिनिधि तथा माडी नगरपालिका सदस्य पुर्णमाया प्रजा रहनुभएको थियो ।