पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित जे.एम.टी ग्रुपद्वारा आयोजित शिवपुरी क्लबको खेलमैदानमा जारी प्रथम राप्ती नगरपालिका कप २०७७ मा राप्ती १ विजयी भएको छ। यस सँगै राप्ती १ फाइनलमा प्रवेश गरेको छ। आज भएको राप्ती १ र राप्ती ४ बीचको सेमिफाइनल खेलमा राप्ती १ ले ४-० को अन्तरले खेल जितेको हो।

पहिलो हाफमा २-० अग्रता लिएको राप्ती १ ले गोल दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको थियो।

खेलमा १ गोल गरि उत्कृष्ट प्रदर्शन गरेका विजय टीमका खेलाडी बिमश सुचीकार म्यान अफ द म्याच घोषित भए। आजको विजेता राप्ती १ ले यही फागुन २६ गते दिउँसो १२ बजे फाइनल  खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर