पार्कर दिनेश सुनारले पाँचौ पटक आफ्न नाम गिनिज बुकरेकर्ड अफ द वर्ल्डमा राख्न सफल भएका छन्।गिनिज बुक अफ वर्ल्ड रेकर्डलेलाई त्यसको प्रमाणपत्र दिएपछि यसले नयाँ रेकर्ड गरिएको मान्यता पाउनेछ।

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा आयोजित कार्यक्रममा अमेरिकामा पाँचौंपटक विश्व रेकर्ड कायम गराउनका लागि द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डका लागि रेकर्ड कायम गरेका हुन्।

उनले त्यसलाई तोड्दै ३० सेकेण्डमा १२ पटक स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरफल्ट हानेर नयाँ रेकर्ड कायम गराएका हुन्। हाल अमेरिकामा रहेका दिनेशले नयाँ रेकर्ड कायम गरेर नेपाल र नेपालीको नाम विश्वमाझ नै फैलाउन पाउँदा खुशी व्यक्त गरे। 
उनले आफूलाई सहयोग गर्ने सम्पूर्णमा धन्यवाद प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार