राप्ती,फाल्गुन २५/राप्ती नगरपालिका वडा नम्वर ८ मा पर्ने बडहरा स्थित मगर पोल्ट्रीफर्ममा आज बिहान आगो लागि भएको छ । विद्युुुत शर्ट भएर आगोलागी भएको हो। बिहान ५ बजेबाट सुरु भएको आगोलागिमा टिभी,फ्रीज,ल्यापटप ,खाट, दराज र नगद २५,०००/ जलेर नस्ट भएको फर्म संचालक कल्पेश मगरले जानकारी गराउनु भयो । नेपालमै केही गर्छु भन्ने आँटका साथ पोल्ट्रीफर्म संचालन गरेका मगरको आगोलागीबाट ३ लाख ५० हजार बराबरको क्षति भएको छ ।

गरिखाने ठाउँ नै आगोले नष्ट भएपछि यतिखेर मगर परिवार ठूलो समस्यामा छन। स्थानीय संघ संस्था ,स्थानीय निकाय ,सहयोगी मनहरुसङ्ग सहयोगको माग राख्दै मगर यतिखेर सबैमाझ अपिल गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार