रोट्रयाक्ट क्लब अफ पूर्वी चितवनले शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय रोट्रयाक्ट सप्ताहको रुपमा पहिलो दिनमा राप्ती नगरपालिका ५ स्थित श्री शिखर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो।

विद्यालयमा अध्ययनरत १३० जना विद्यार्थीहरुलाई कापी, सिसाकलम, शार्पनर,इरेजर लगायत शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो।

यसैगरि दोस्रो दिनमा सोही विद्यालयमा हातधुने तालिम तथा साबुन वितरण कार्यक्रम हुनेछ भने तेस्रो दिन निशुल्क दन्त शिविर, चौथो दिन सरसफाइ तथा डस्बिन हस्तान्तरण कार्यक्रम हुनेछ।

त्यस्तैगरि सप्ताहका अन्य तीन कार्यक्रमहरु अन्य ठाउँमा हुने रोट्रयाक्ट क्लब अफ पूर्वी चितवनका अध्यक्ष पुजन लामिछानेले बताउनुभयो।

शैक्षिक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लब अफ रत्ननगरको अध्यक्ष शिवराज उप्रेती, विशिष्ट अतिथि यसै स्कुलका प्राधानाध्यापक गहेन्द्र नारायण शाह हुनुहुन्थ्यो।

रोटरी रत्ननगरका प्रेसिडेन्ट इलेक्ट निराजन खनाल,प्रेसिडेन्ट नोमिनी सुर्य प्रसाद पौडेल, सचिव सुरज प्रसाद नेपाल लगायत अन्य रोटरियन, रोट्रयाक्टस, विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

रोट्रयाक्ट क्लब अफ पूर्वी चितवनका अध्यक्ष पुजन लामिछानेको सभापतित्वमा आयोजना भएको कार्यक्रमको संयोजन विनिता सारु मगरले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार