
पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित जे.एम.टी ग्रुपद्वारा आयोजित शिवपुरी क्लबको खेलमैदानमा जारी प्रथम राप्ती नगरपालिका कप २०७७ को उपाधि राप्ती १ ले जितेको छ। आज भएको राप्ती १ र राप्ती २ बीचको फाइनल खेलमा राप्ती १ ले १-० अन्तरले खेल जितेको हो।
पहिलो हाफमा १-० अग्रता लिएसँगै राप्ती १ को यो गोल नै निर्णायक गोल हुन पुग्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका उपाधि विजेता टीमका गोल रक्षक बिशन सुनार म्यान अफ द म्याच घोषित भए। विजेता टीम राप्ती १ ले नगद ५०,०००/- र ट्रफी प्राप्त गरेको छ भने उप विजेता टीम राप्ती २ ले नगद २५,०००/- र ट्रफी प्राप्त गरेको छ।