नुवाकोट । शिवरात्री पर्वको अवसरमा बेलकोटगढी नगरपालिका वडा नं. ४ पञ्चासेमा रहेको ‘आरुकोटे महादेव मन्दिर’को उद्घाटन गरिएको छ ।

बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले विशेष पूजाआरधना सहित पञ्चासेका स्थानीयबासीले निर्माण गरेको आरुकोटे महादेव मन्दिरको उद्घाटन गर्नुभएको हो ।

मन्दिरको उद्घाटन समारोहमा नगरप्रमुख राजेन्द्ररमण खनालले स्थानीयबासीले लाखौ रुपैयाँको चन्दा संकलन मार्फत मन्दिरको निर्माण सम्पन्न गरेर धार्मिक एकता र सहिष्णुता कायम राख्दै हिन्दुधर्मको रक्षाको लागी पुराएको योगदानको प्रशंसा गर्नुभएको छ ।

‘आरूकोटे वस्तीमा निर्माण भएकाले शिव मन्दिरको नाम नै आरुकोटे शिव मन्दिर नामाकरण गरिएको मन्दिर निर्माण समितिका व्यावस्थापक रामशरण सुवेदी जानकारी दिनुभएको छ ।

गत वर्ष शिवरात्री पर्वकै अवसर बनाई नगर प्रमुख राजेन्द्ररमण खनालबाट शिलान्यास गर्नुभएको मन्दिरको यो वर्ष उहाँबाट नै उद्घाटन गरिएको हो । मन्दिर उद्घाटन समारोहमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख राजेन्द्ररमण खनाल सहित नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडा, कृषि शाखा प्रमुख छविलाल शर्मा, शिक्षा शाखा प्रमुख बद्रीप्रसाद शर्मा, वडा नं .४ वडाध्यक्ष चन्द्रबहादुर लामा ‘जनम’ लगायतको उपस्थिती रहेको थियो ।

बेलकोटगढी नगरपालिका मार्फत दुई लाख रुपैयाँ सहयोग उपलब्ध भएसगैँ स्थानीयबासीले श्रमदान गर्दै भौतिक तथा जिन्सी गरेर दुई लाख ८२ हजार रुपैयाँ र ११ लाख रुपैयाँ नगद चन्दा संकलन गरेर मन्दिर निर्माण गरिएको हो । मन्दिरमा निर्माणको लागी चन्दा संकलन अन्तरगत एक लाख ८२ हजार ५८५ हजार रुपैयाँ चन्दादाता रामकृष्ण सुवेदी, एक लाख ८१ हजार ५८५ रुपैयाँ चन्दादाता भूपेन्द्र बानियाँ, ९६ हजार रुपैयाँ चन्दादाता सानोबाबु पन्त लगायतका दाताहरुलाई सम्मान गरिएको थियो ।

मन्दिर निर्माणको लागी संकलन गरिएको रकम मध्ये अझै एक लाख ६७ हजार रुपैयाँ बाँकी रहेकाले उक्त रकम मन्दिर निर्माण समितिको बैंक खातामा बचत राखिएको निर्माण समितिका व्यावस्थापक रामशरण सुवेदीले जानकारी दिनुभएको छ ।

प्यागोडाशैलीमा निर्माण गरिएको शिव मन्दिरको उद्घाटनसगैँ भगवान शिवको प्रतिमा प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माण भएसगैँ स्थानीयबासी तथा मूल सडक छेउमा पर्ने भएकाले आउजाउ गर्नेहरुमा भगवान प्रतिको आस्था बढाउन, शिवरात्री सहित तिज, दशै, तिहार, पूर्णिमा लगायतको पर्वहरुमा मेला लगाउन पनि सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार