
चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु २३ देखि ८० वर्षसम्मका छन् । भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेजबाट उनीहरुको स्वाब लिइएको हो ।
खैरहनी नगरपालिकाका २ महिला र १ पुरुष छन् । उनीहरु क्वारेन्टिनमा छन् ।
भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट स्वाब लिइएका रौतहटका ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
३०९ जनाको स्वबको नमुना परीक्षण गर्दा २ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
चितवनमा कोरोना संक्रमितको संख्या ८ सय ७९ पुगेको छ ।