काठमाडौ । लामो समय ठप्प रहेको रङ्गमन्च बिस्तारै चलयमान हुन थालिसकेको छ। नाटकघरमा नाटक मन्चन हुने क्रम शुरु भैसकेको छ। सामाजिक, राजनैतिक, बिकृती बिसंङ्गती माथी जनचेतनामूलक सडक नाटकहरु पनि हुन थालेका छन् । शैली थिएटरको आयोजनामा फागुन अठ्ठाइस गते “बाल बिछोड” रोकौं भन्ने बियषमा काठमाडौं जिल्लाका टोखा, नयाँबसपार्क र स्वयम्भूमा कचहरी नाटक मन्चन गरिएको थियो। अठार बर्ष मुनिका बालबालिका लाई आमाबाबु बाट टाढा राख्नु कानुनी अपराध हो ।
आमाबाबु संगै बस्न पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। उनिहरुको भावना बुझौं, जवरजस्ती अभिभावकको सपना पूरा गर्ने माध्यम छोराछोरीलाई नबनाउ, उनिहरुको इच्छा बुझेर सहि र गलत मार्गको बारे सचेत गराउँ भन्ने नाटकको मुख्य सन्देश भएको नाटकका लेखक तथा निर्देशक सुवास सुबेदिले बताए।
सुबेदिका अनुसार, ” पछिल्लो समय बाल बिछोड हुने क्रम बढ्दो छ। एकातिर गरिबीको कारण सानैमा अभिभावक बाट छुटिने अवस्था छ भने, अर्कोतिर सपन्न परिवारका अभिभावकको ब्यस्तताले प्रयाप्त समय छोराछोरीलाई दिन सकिरहेका छैनन् , सामाजिक प्रतिष्ठा, आफ्नो सपना पूरा गर्ने माध्यम छोराछोरीलाई बनाईराखेको प्रसस्त उदाहरण हाम्रो समाजमा छ्न।

नाटकमा दुई भिन्दा भिन्दै पारिवारिक पृष्ठभूमि बाट बिछोडिएका बालकको मनोविज्ञानलाई देखाईएको थियो। गरिबीको फाईदा उठाई विभिन्न प्रलोभन देखाएर एकजना टाढाको नातेदार पर्ने मानिसले ६ बर्षको पदमलाई बाबुआमा बाट छुटाएर बालगृहमा भर्ना गरिदिन्छ। शुरूवातको समय पदम राम्रो लाउन र मीठो खान पाएकोमा खुसिनै देखिन्छ। समय संगै उस्ले आफ्ना आमाबाबुको सामीप्यताको अभाव महसुस गर्न थाल्छ। अभिभावकको काख जस्तो सुन्दर ठाउँ उस्लाई बालगृह लाग्दैन। उस्को भर्ना आमाबाबु नभएको अनाथको रूपमा भएको हुन्छ, त्यसकारण पनि उस्ले वर्षौ सम्म आमाबाबुलाई भेट्न पाएको हुदैन।

त्यस्तै अर्को सम्पन्न परिवार छ, जस्ले आफ्नो बालबालिकालाई उचित समय दिन पाईरहेका छैनन् । उनिहरुको लागि छोराछोरी भन्दा काम र पैसा ठूलो छ। उनिहरु छोराछोरी लाई महङ्गो स्कुलमा भर्ना गरिदिएसी आफ्नो दायित्व पूरा भएको सम्झिन्छन। संस्कार एघार वर्षको भयो। ऊ पढ्नमा मध्यम छ। उस्को अभिभावक लाई आफ्नो छोरा छिमेकीको छोरा भन्दा पढाइमा कमजोर भएको मन पर्दैन। समाजमा आफुहरु अरुभन्दा हुनेखाने भएको घमण्ड उनिहरुमा छ। अरुलाई देखाउन भएपनी छोरालाई महङ्गो स्कुलको होस्टेलमा राख्ने निर्णय गर्छन् । यसरी संस्कारको इच्छा बिपरित उस्का आमाबाबुबाले होस्टेल राखिदिन्छन। यसरी संस्कार पनि अभिभावक बाट टाढा जान्छ। ऊ भौतिक मात्र होईन बिस्तारै मानसिक रूपमा आमाबाबु संग टाढा हुँदै जान्छ। ऊ आफुलाई सधैं एक्लो महसुस गर्छ। दिनप्रतिदिन उस्को पढाइ झनै खस्किन थाल्छ, कडिकडाउ अनुशासनले ऊ झनै मानसिक रूपमा डराएको जस्तो, कम बोल्ने, साथीहरू संग घुलमिल नगर्ने स्वाभाव देखिन थाल्छ। यसरी ऊ भित्रको मनोदशा नाटमा देखाउन खोजिएको छ।

पदम र संस्कार त उदाहरण मात्र हुन। समाजमा विभिन्न बहानामा बालबालिका आमाबाबु बाट छुट्टिने गर्दछन। पछिल्लो समय कोरोनाको कारण धेरैले आफ्नो रोजगारी गुमाउनु परेको छ। यस्तोमा निम्न आर्थिक स्थिति भएका परिवार बाट बालबालिका अभिभावक बाट बिछोडिने सम्भावना उच्च देखिन्छ। बालबालिका ओसारपसार गर्ने गिरोह यस्तै बेला सक्रिय हुने गर्दछन। गरिबिको फाईदा उठाउदै अभिभावकलाई आर्थिक प्रलोभन देखाएर धेरै बालबालिका आमाबाबुको काखबाट टाढा भएका प्रसस्त उदाहरणहरु छन् । यहि परिस्थिति लाई अध्ययन गरि शैली थिएटरले बाल बिछोड रोकौं भन्ने मुल सन्देश बोकेको कचहरी नाटक उपत्यकाको विभिन्न ठाउँमा देखाउन लागेको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी गराए। उनका अनुसार दर्शकहरु बाट सकारात्मक प्रतिक्रिया पाएकोले हामी निकै उत्साहित भएका छौ। केही दिनपछि धादिङ जिल्लामा समेत यहि नाटक लिएर जाने योजना रहेको उनले बताए।

“नाटक एकदमै समयसापेक्ष रहेछ। हाम्रो समाजमा यस्ता घटना विभिन्न बहानामा घाटिरहेका छन्। हामिकहाँ पनि यस्ता समस्या हुन सक्छन् , त्यसैले हाम्रो वडामा बालबालिका को समस्या सुन्नको लागि बाल कलबको स्थापना गरेका छौं। बाल कलबमा आएका जुनसुकै समस्या लाई स्थानीय निकायले सुनुवाइ गर्ने गरेको छ। बाल बिछोड सम्बन्धमा हामीले पनि ध्यान दिईरहेका छौ। तपाईहरुको नाटकको माध्यम बाट स्थानीयमा पक्कै सकारात्मक प्रभाव पर्‍यो भन्ने लागेको छ।” प्रत्यक्ष नाटक हेर्नू भएका टोखा न.पा. वडा ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ नाटकबारे प्रतिक्रिया दिदै भन्नुभयो।

सुवास सुबेदिको लेखन तथा निर्देशनमा तयार पारिएको कचहरी नाटकमा सरस्वती अधिकारी, रविन तामाङ, सगुन पोख्रेल, पुष्प अवस्थी, रुपक काफ्ले र निर्भीक भट्टराईले अभिनय गरेका थिए भने सुवास सुवेदीले शुत्रधार भएर दर्शकसंग अन्तरक्रिया गर्दै बिछोड भएका बालबालिकाको समस्याको समाधान गर्ने उपाय खोजिरहेका थिए। यो कचहरी नाटक काठमाडौ र ललितपुरका विभिन्न १० ठाउँमा मन्चन गरिने जानकारी निर्देशक सुबेदिले गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार