चितवन । समाजबादी बिधार्थी संगठनको प्रथम राष्ट्रीय भेला यहि फाल्गुन २८/२९ गते चितवनमा सम्पन्न भएको छ ।

उक्त भेलाले निजी शिक्षा भित्रको चरम माफियाकरण र सरकारी शिक्षामा देखिएको बेतिथी, लापरवाहीको विकल्पमा सामुदायिक शिक्षालाई अगाडी बढाउने उदेश्य लिएको छ ।

“निजी शिक्षाको अन्त्य र समाजबादी शिक्षाका लागी नयाँ बिधार्थी आन्दोलन” भन्ने मुल नाराका साथसाथै प्रथम राष्ट्रीय भेला सम्पन्न भएको हो ।

भेलाले संयोजक राजेश्वरी सुवेदीको संयोजकत्वमा ४१ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ । संयोजक, सह-संयोजक र सचिव गरि ३ पदाधिकारी निर्माण गरेको, उक्त पदाधिकारीको संयोजकमा राजेश्वरी सुबेदी, सह-संयोजक करन क्षेत्री, सचिव टेकेन्द्र साउद रहनु भएको छ ।

प्रदेश संयोजकको जिम्मेवारीमा १ देखि ७ नं प्रदेश सम्मको संयोजकमा क्रमस: पारू बिक, निराजन शाह, कृष्ण काफ्ले, ओमप्रकाश श्रीपाली, उर्मिला भण्डारी, डेविट आर्य, द्रोण अवस्थी रहेका छन ।

संगठनको कामको बाँडफाँडलाई विभागीय जिम्मेवारीको तहबाट अघि बढाउन ६ ओटा विभागहरू निर्माण गरि संयोजक तोकेको छ । विभागको संयोजकमा १. प्रतिवेदन/विधान लेखन समिति – राजेश्वरी सुबेदी, करन क्षेत्रि, टेकेन्द्र साउद, छात्रा बिभाग – यशु सापकोटा, बिज्ञान तथा प्रविधी बिभाग – रमेश थारु, अपाङगता बिभाग – सन्दिप थापा, प्रकाशन बिभाग – रोमन शिहं बोहोरा, आर्थिक विभाग – कृष्ण काफ्ले रहनु भएको छ ।

शैक्षिक आन्दोलन जिर्ण बन्दै गएको अबस्थामा शैक्षिक क्षेत्रलाई सामुदायिकरण गर्दै समुदायको पहुँचमा रहने शैक्षिक निति निर्माणमा संगठन अघि बढ्ने बताएका छन ।राष्ट्रीय भेलाले निजी शिक्षा भित्रको लुटतन्त्रको अन्त्य गर्दै जनताको पक्षमा हुने निशुल्क र बिज्ञान प्रविधीमा आधारित समाजबादी शिक्षा निर्माण गर्ने संगठनको मुख्य उद्देश्य र अभियान रहने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार