सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताउनुभएको छ ।

बुधबार ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत व्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष तामाङले सो कुरा बताउनुभएको हो ।

पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत स्थानिय तहको ब्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रम अन्तरगत सो काम गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको स्थानिय तहमध्ये नमुना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई समेत जोड दिइएको अध्यक्ष तामाङले बताउनुभयो ।

आज एक कार्यक्रमका बिच गाउँपालिकामा आफ्नो पालिकालाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने लक्ष्यसहित सुचना प्रबिधि मैत्रि गाउँपालिका बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर,प्रिन्टर स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाका सल्लाहकार दिनेस चौलागाईले जानकारी दिनुभयो ।

गाउँपालिकाको सबै वडाहरुमा यसअघि नै बायोमेट्रिक हाजिरि जडान गरिसकेको छ । गाउँपालिकाको सबै सघंसंस्था तथा कार्यालयमा डिजिटल प्रविधि ल्याउने सुचना प्रविधि अधिकृत दंगालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार