
पर्सा खैरहनी जुनियर जेसीजका निवर्तमान अध्यक्ष कृशार पाठक राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘ख’ संयोजकमा मनोनीत भएका छन्।
उनी नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल ज्युबाट राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘ख’ को संयोजक पदमा मनोनीत भएका हुन् ।
पर्सा खैरहनी जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष राजिब पाठकका अनुसार सन् २०१८ मा कार्यकारिणी उपाध्यक्षको रुपबाट आफ्नो जेसीज यात्रा प्रारम्भ गरेका पाठकले सन् २०१९ मा कानुनी सल्लाहकार भएर आफ्नो कार्यकाल बिताएका थिए।
त्यस्तैगरि पाठक जेसीज बर्ष २०२० मा अध्यक्ष पदमा सर्वसम्मत चुनिएका थिए।