नुवाकोट । नुवाकोट बेल्कोटगढी नगरपालिका-२ कुमारीमा ‘कुमरी नमुना क्याम्पस’को अत्याधुनिक आठ कोठे पक्की भवन, उद्घाटन गरिएको छ ।

उक्त क्याम्पस गाउँ ठाउँका समुदायलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग तथा लायन्स क्लब काठमाडौं मिर्मिरेको संयोजनमा निर्मित क्याम्पसको कुल लागत १९२११३२९.१८ रहेको छ ।

भुकम्प पछि को पुनर्निर्माण अन्तरगत नेपालमा ‘Relief And Reconstruction Committee’
को लायन्स क्लब अन्तर्राष्ट्रिय बहुजिल्ला ३२५ ले गठनगरि नेपालमा ३० भन्दा बढी स्कुल कलेजको पुनर्निर्माण गरिसकेको छ ।

नवनिर्मित सामुदायिक कलेजको परियोजनाका प्रमुख गिरधारी शर्मा भुसाल ले एक कार्यक्रमका बिचमा उक्त भवनको उद्घघाटन तथा हस्तान्तरण गर्नु भएको हो ।

उक्त समारोहमा स्थानीय जनप्रतिनिधि ,राजनीति दल,विभिन्न स्कुल,संघसंगठनका पदाधिकारी, समुदायको उल्लेखनिय उपस्थिति तथा स्थानीय झाकी ,भजन, ख्यातिप्राप्त दोहोरी कलाकारको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सिनियर AOG सन्जय कुमार फुयालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार