काठमाडौं । एरीना इन्टरटेन्टमेन्टको प्रस्तुतीमा मेलिना राई र कृष्ण काफ्लेको समधुर आवाजमा सजिएको रोमान्टिक गीत ‘तिमीलाई देख्दा मात्र’ को म्युजिक भिडियो (आज ) सार्वजनिक भएको छ ।

प्रदिप सुवेदीको शब्दमा, र पुरूषोत्तम न्यैापानेको सङ्गीत रहेको यो म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट नामक युट्युव च्यानल बाट सार्वजनिक भएको छ । https://youtu.be/DRjsiu1o-Eo गीतमा नयन सिँह र निशा लामाको जिवन्त अभिनय देख्न सकिन्छ। यस म्युजिक भिडियोको निर्देशन अमृत सुनुवार ले गर्नु भएको हो । यस भन्दा अगाडि पनि एरीना इन्टरटेन्टमेन्ट मार्फत “लगन जुरेरे” “लाइदेउ माया” “ओठमा छ लाली” “तिम्रो दिल्को”जस्ता चर्चीत गीतहरु सार्वजनिक भैसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार