परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा पुर्नस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गरे।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सुरूका बैठकहरुमा अत्यावश्यक र जनजीवनसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गरेका हुन्। उनले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुर्नस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर सुरूवातका बैठकहरूमा राम्रो संकेत नदेखिएको बताए। उनले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रीत हुन आग्रह पनि गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार