
विगत ५ दिनदेखी लोथर- नारायणगढ सडक खण्डमा सञ्चालित मिनीबस तथा माइक्रो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। जसले गर्दा विद्यार्थीहरु चरम मार परेका छन्।
उनीहरुलाई बिहान कलेज जान पनि धौ धौ भएको छ। फलस्वरूप आज शुक्रबार बिहान लगभग डेढघण्टा सडक बन्द पनि गरे।
यसै बिच अनेरास्ववियु राप्ती नगर कमिटीले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तीमा उल्लेख छ-
“विद्यार्थीहरुलाई अध्ययनको लागि शैक्षिक संस्था जान नसकेका कारण विद्यार्थीहरु मौलिक अधिकारबाट वञ्चित हुनु परेको छ।”
यस्ता किसिमका घटनालाई अनेरास्ववियुले हेरेर बस्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै यस घटनालाई संवेदनशील रुपमा लिइ यातायात सञ्चालनको निमित्त सहज वातावरण बनाइदिन सरोकारवालाहरुसँग पनि विज्ञप्तिद्वारा आह्वान गरिएको छ।