आज शुक्रबार बिहान भएको टीम सजिलोपाटी र टीम हाना इन्टरनेशनल बीचको मैत्रीपूर्ण फुटसल खेलमा हाना इन्टरनेशनल विजयी भएको छ।

४० मिनेटलाई फुल टाइम मानि खेलिएको खेलमा हाना इन्टरनेशनल ५-३ को अन्तरले विजयी भएको हो। हानाबाट उत्कृष्ट प्रदर्शन गरेका अनिष राईले ३ गोल प्रहार गरे। त्यस्तैगरि सुजन मल्ल र गोकर्ण अर्यालले समान १-१ गोल गर्न सफल भए।

हार भोगेको सजिलोपाटी मिडिया हाउसबाट विशाल घिसिङले २ र सुरज बराकोटीले १ गोल प्रहार गरे।

हाना इन्टरनेशनल खैरहनी ८ पर्सा बजारमा अवस्थित एक शैक्षिक परामर्श केन्द्र हो जसले मुख्यगरि जापान पढ्न इच्छुक विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने गर्दछ।

भातृत्व भावना सुदृढको निमित्त उक्त खेलको आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर