
नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ।
बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको एक नेताले जानकारी दिएको थियो । यसभन्दा अघि बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको थियो। त्यही विधानलाई केन्द्रीय समिति बैठकमा अनुमोदन गरिने ती नेताले बताएको छ ।
संसदीय दलको बैठक बसिरहेकै बेलामा उनीहरूले बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाएका थियो ।