विगत केहि दिनदेखी चितवनका लोथर- नारायणगढ सडक खण्डमा सञ्चालित मिनीबस तथा माइक्रो व्यवसायीहरु आफ्ना मागहरु राख्दै आन्दोलनमा उत्रिएका छन् जसले गर्दा विद्यार्थीहरु चरम मार परेका छन्। कलेज जान समस्या परेपछि उनीहरुले गत शुक्रबार डेढ घण्टा पूर्व पश्चिम राजमार्ग बन्द पनि गरेका थिए।

शुक्रबारनै प्रेस विज्ञप्तिमार्फत विद्यार्थीलाई सहज वातावरण मिलाइदिन अनेरास्ववियुले आव्हान गरेको थियो। आज आइतबार बिहान ५:३० देखि विद्यार्थीहरुलाई कलेज जानका लागि अनेरास्ववियुको पहलमा २० वटा गाडी  चलाइएको छ।

अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य सुजन थापा, राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा राप्ती नगर संयोजक उत्तम सेढाई,राप्ती नगर कमिटी अध्यक्ष मेन्सिस भेटवाल, विद्यार्थी नेताहरु अभियान पाठक, उमाकान्त कँडेल, सिमान्त थपलिया लगायतको उपस्थितिमा गाडी चलाउन पहल गरिएको थियो।

लोथर देखि खुरखुरे चोक सम्म प्रत्येक चोकमा अनेरास्ववियुको विद्यार्थी नेताहरुको उपस्थिति रहेको पनि अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन्।

विद्यार्थीहरुको गुनासोलाई सम्बोधन गर्दै यातायात चलाइएको चालक तथा यातायात व्यवसायीहरुले जनाएका छन्। आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीको वार्ता हुने पनि जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार