
बीसहजार जेसीजद्वारा भरतपुर कभर्डहल अगाडिको प्राङ्गणमा आयोजित अन्तर–जेसीज भलिबल प्रतियोगिताको उपाधि राप्ती जेसीजले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजकलाई ३–२ को सेटमा पराजित गर्दै राप्तीले उपाधि हात पारेको हो ।
राप्ती जेसिजका कप्तान सुमन तामाङले उत्कृष्ट प्रदर्शन गरेपछि उनी उत्कृष्ट खेलाडी पनि घोषित भए।
विजेता र उपविजेता टोलीलाई नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ जेसीजका अध्यक्ष बासुदेव दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजाललगायतले कप, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
चितवन र नवलपुर क्षेत्रका कूल १४ वटा जेसीज शाखाका टिम सहभागी रहेको प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको थियो ।