लोथर-नारायणगढ सडकखण्डमा भोलिबाटै मिनिबस चल्ने भएको छ। आज आइतबार भएको वार्ताबाट सो निष्कर्ष निकालिएको हो।

विगत केहिदिन देखि मिनिबस व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए। जसले यात्रु तथा विद्यार्थीहरुलाई समस्या परेको थियो। वार्ता तय नहुन्जेलसम्म म्याजिक गाडीमै यात्रुहरुले यात्रा गर्नुपरेको थियो।

आज बिहान मात्र राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी तथा अनेरास्ववियुको संयुक्त पहलमा विद्यार्थीहरुलाई कलेज जाने वातावरण मिलाउनको निमित्त १५ वटा डडुवाबाट र ५ वटा लोथरबाट गरि २० वटा मिनिबस सञ्चालन गरिएको थियो।

आजको वार्ता पनि युवा संघ राप्ती नगर कमिटी तथा अनेरास्ववियुकै पहलका सम्पन्न भएको छहारी यातायात व्यवसायी संघकी वरिष्ठ उपाध्यक्ष शारदा देवकोटाले बताउनुभएको छ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्ताबाट साविक रुपमै म्याजिक तथा मिनिबस चल्ने भएको हो। म्याजिकले पनि वृद्धवृद्धा तथा विद्यार्थीलाई छुट दिनुपर्ने निष्कर्ष पनि आजको वार्ताबाट निक्लिएको छ। म्याजिक गाडी र मिनिबस यातायात व्यवसायीबाट वार्ता टोली गठन गरिने पनि निष्कर्ष निक्लिएको राष्ट्रिय युवा संघ राप्ती नगर कमिटीका संयोजक उत्तम सेढाईले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार