नुवाकोटको बेल्कोगढि नगरपालिका वडा नं -३ मा आगालागी भएको छ ।
आगालागीले कुनै मानविय क्षति भने पुर्याएको छैन ।
चिम्टेश्वर नजिकै घर भएका ठाकुर पुडासैनीको घरमा आगालागी भएको हो ।
बेलुका करिव करिव ५ बजेको समयमा जङ्गलबाट सेल्केर आएको डडेल्लोका कारण आगालागी भएको बताइएको छ । उक्त आगालागीले घरमा र गोठमा क्षति पुर्याएको छ ।
जङ्गलबाट डडेल्लो लागेर आएको आगोले गोठमा रहेको एक गाईको मृत्युु भएको छ भने, दुईवटा गाई घाइते भएका छन् ।
आगालागीले घरमा रहेका लत्ताकपडाहरू नष्ट भएका छन भने, पछाडिको काठमाहरूमा आगो सल्किए पनि उक्त आगोलाई समयमानै नियन्त्रण गर्न सकिएको स्थानिय बासिको भनाइ रहेको छ ।