समाबेशी आवाज राप्ती एफएम ९०.५ मेगाहर्जको आयोजनामा १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको हिजोबाट संचालन भएको छ । छोटो समयमा बिज्ञापन दाता र आम श्रोताको माझ लोकप्रिय हुन सफल राप्ती एफएमले नेतृत्व बिकाश, क्षमता बिकाशका साथै रेडियो टेलिभिजन र पत्रपत्रिकामा काम गर्न चाहने युवा युवातिहरुलाई लक्षित गर्दै तालिमको सन्चालन गरेको हो । रेडियोको आफ्नै सभाहलमा भएको १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको उद्घाटन  कार्यक्रमका प्रमुख आतिथ्यता राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालले गर्नु भएको थियो ।विशिष्ट अतिथिमा नगर उप-प्रमुख इमानसिंह लामा ,अतिथिहरुमा राप्ती ५ का वडा अध्यक्ष मेनका पाठक ,इलाका प्रहरी कार्यलय भण्डाराका प्रमुख राजिब गिरि,थ्री एन्जल नेपाल चितवनकि सुनिता सिल्वाल ,तामाङ पत्रकार संघ चितवनका अध्यक्ष तथा सन्चारकमी ज्ञानेन्द्र तामाङ ,पत्रकार तथा ब्यबसायी राजेश रुम्बा तामाङ ,राप्ती जेसिजका अध्यक्ष दिनेश सेढाइ,जेसिजकै कोषाध्यक्ष अभियान पाठक,समाजकल्याण ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डे,महिला नेतृ बिना क्षेत्री ,महिला व्यावसायि कृष्णमाया मानन्धर ,सन्चारकर्मी सुदिप गिरि रिलेशन एफएमका राज प्रणय आदिको उपस्तिथि थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरालले यस्ता किसिमको तालिमले युवायुवतिमा नेतृत्व बिकाससँगै समाज परिबर्तन गर्न सक्ने क्षमताको बिकास हुने र रेडियोले गरेको तालिमले पक्कै सन्चारकर्मी र पत्रकार उत्पादन गर्ने कुरामा आफू पुर्ण बिश्वस्त भएको बताउदै शुभकामना दिए ।

नगर उपप्रमुख तथा कार्यक्रमका बिशिस्ट अतिथी इमानसिंह लामाले नगर भित्रको प्रत्येक वडामा एक वडा एक पत्रकार उत्पादन गर्न आफू लागेको र सो कार्य राप्ती एफएमले गर्नु पर्ने त्यसमा नगरको पुर्ण साथ सहयोग हुने कुरा राख्दै उत्कृष्ट तालिम होस भन्ने शुभकामना दिनुभयो । त्यस्तै कार्यक्रमका सबै अतिथि तथा वक्ताहरुले कार्यक्रमको प्रसंशा गर्दै सफल्ताको शुभकामना दिएका थिए ।तालिममा २५ जना प्रशिक्षार्थीको सहभागीता थियो भने मिडियाको परिचय, भुमिका र महत्त्वको बिसयमा पहिलो दिनको प्रशिक्षण ग्रेट एफएम पर्साका अध्यक्ष रामेश्वर रिजालले दिनु भएको थियो ।

औपचारिक कार्यक्रमको सभापतित्व तालिमका संयोजक सन्देश घलानले गरेका थिए भने सहजीकरण एफएमका सन्चालक सदस्य तथा सन्चारकर्मी गोपाल बिश्वकर्माले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार