
नेविसंघ खैरहनीको नगर अधिवेशन सम्पन्न भएको छ। यससँगै नेविसंघ खैरहनी सभापतिमा सुरज जंग बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवमा विजय उप्रेती मनोनीत भएका छन्।
बिहीबार भएको कार्यक्रम नेवि संघ चितवन जिल्ला सभापति सूर्य ढकालको सभापतित्वमा सम्पन्न भएको हो।
त्यस्तैगरि प्रमुख अतिथिमा नेपाली कांग्रेस खैरहनी नगर सभापति सशी खनियाँ हुनुहुन्थ्यो भने अतिथि हरुमा तरुण दल खैरहनी नगर अध्यक्ष कृष्ण श्रेष्ठ नेवि संघ जिल्ला उपाध्यक्ष एवं वीरेन्द्र बहुमुखी क्याम्पसका सभापति अनमोल अधिकारी, सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सभापति विवेक उदास, नेवि संघ सुनगाभाका सभापति कृशार पाठक सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सचिव मनिष सुवेदी, नेवि संघ चितवन जिल्ला सचिव गणेश रिजाल हुनुहुन्थ्यो।
कार्यक्रममा खैरहनी नगरपालिकाकाे विधार्थी हरु काे बाक्लो उपस्थिति थियो ।